site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले युक्रेनलाई पहिल्यै हतियार पठाएको खुलासा, दुई स्थानमा प्रयोग भएकाे दाबी

वासिङटन । अमेरिकाले यसअघि नै युक्रेनलाई आधुनिक हतियार पठाइसकेको खुलासा भएको छ । अमेरिकी अधिकारीका अनुसार मध्यम दूरीमा प्रहार गर्ने हतियार पठाइएको हो । ती हतियार यसै महिना युक्रेन पुगिसकेका छन् । दुई स्थानमा तिनको प्रयोग समेत भइसकेको छ । क्राइमिया र बर्डयान्स्क क्षेत्रमा ती हतियार पहिला नै प्रयोग भइसकेका छन् । बलिस्टिक मिसाइल रहेको समाचारमा उल्लेख छ । 

उक्त सहयोग यसअघि अमेरिकाले गएको मार्चमा पास गरेको ३०० मिलियन डलरको सहयोग प्याकेजअन्तर्गत भएको जनाइएको छ । पहिला पठाएका मध्यम दूरीका हतियार भएकोमा अब अमेरिकाले लामो दूरीका रणनीतिक हतियार पठाउन चाहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलका अनुसार राष्ट्रपति वाइडेनको प्रत्यक्ष निर्देशनमा नै ती सामग्री पठाइएका हुन् । 

Dabur Nepal
NIC Asia

युक्रेनले अपरेसनल सुरक्षाको कारण देखाउँदै पहिला पठाइएका हतियारबारे सार्वजनिक नगरिदिन आग्रह गरेअनुसार अमेरिकाले त्यसबारेमा यसअघि गोपनीयता कायम गर्दै आएको बताइएको छ । लामो दूरीको मिसाइलले ३०० किलोमिटर दूरीसम्म प्रहार गर्नसक्ने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले नयाँ हतियार र उपकरण तत्कालै पठाउने बुधबार बताएका थिए । सोही दिन वैदेसिक सहायता सम्बन्धी संसद्का दुवै सदनबाट पारित विधेयकमा हस्ताक्षर गरेपछि रुसको सामना गर्न अमेरिकाले किभिमा हतियार र उपकरण पठाउने बताएका हुन् ।

वाइडेनले बुधबार ९५ बिलियन अमेरिकी डलर बराबरको वैदेशिक सहयोग सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए । उनको हस्ताक्षरपछि उक्त विधेयक कानुन बनेको छ । “यसले अमेरिकालाई अझ सुरक्षित बनाउनेछ । यसले विश्वलाई नै सुरक्षित बनाउनेछ,” हस्ताक्षरलगत्तै उनले भनेका थिए  ।

सहायता प्याकेजमा युक्रेनसँगै इजरायल, ताइवान र इन्डो–प्यासिफिक सम्बन्धी प्याकेज समेत त्यसमा रहेको छ । बीबीसी 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro