site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन : रवि लामिछाने 

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टी खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् । 

बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरू बहुपहिचानको पक्षमा रहेको बताए । 

“बरु चुनाव हारौंला, तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौँ । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन,” उनले भने । रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनको भनाइ छ । 

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले आचारसंहिता अक्षरंश पालना गराउन सुरक्षा निकायलाई निर्देशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उमेदवारलाई चेतावनी पनि दिए । 

यही वैशाख १५ मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातिबाट मौन अवधि सुरु हुँदै छ । “मौन अवधि भनेको मनी (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला,” गृहमन्त्री लामिछानेले भने, “खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनी अवधिको रूपमा प्रयोग नगरियोस् ।” आचारसंहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याएरै छोड्ने उनको भनाइ छ ।  
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro