site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसामु के के गरे प्रस्ताव ? कतारका अमिरले के भने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल र कतारबीचको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बुधबार भएको बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गरेका थिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले मुख्यतयः  ६ मुद्दा उठाएका थिए । ती थिए– नेपाल र कतारबीचको सम्बन्ध, लगानी, श्रम (नेपाली कामदार), भू–राजनीतिक द्वन्द्व, विपीन जोशीको रिहाइ र जलवायु परिवर्तन । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको जनाएका थिए । बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले उनको भनाइ उद्धृत गर्दै भने, “सरकारले वैदेशिक लगानी सहजीकरण गर्न वातावरण बनाएको छ ।” 
प्रधानमन्त्री प्रचण्डले कतारका अमिरसामु सम्भावित लगानीका क्षेत्रहरू पनि प्रस्ताव गरेका थिए । नेपालको ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न उनले सुझाएका थिए । उनले हिमाली जडीबुटी, पानी, फुटबल, क्रिकेटका क्षेत्रमा पनि लगानी गर्न सकिने बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी नेपालमा लगानी गर्न उत्साहित छौँ,” जवाफमा कतारका अमिर थानीले भने, “ऊर्जा, कृष, स्वास्थ्य र एयर कनेक्टिभिटीका क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न हामी सकारात्मक छौँ ।” 

बैठकमा प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच नेपालमा सम्भावित लगानीका क्षेत्र पहिचान गर्न र सहकार्य विस्तार गर्न दुवै देशले एक÷एकवटा टिम बनाउने सहमति भएको सापकोटाले बताए । 

Global Ime bank

“दुवै देशले छुट्टाछुट्टै टिम बनाउने र ती टिमले आपसमा छलफल गरी लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने सहमति भएको छ । यही टिमले सहकार्य विस्तारको खोजी पनि गर्नेछ,” प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार सापकोटाले भने । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले कतारी पक्षलाई कतार एयरवेजको उडान काठमाडौंमा मात्र नभई नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विस्तार गर्न आग्रह गरेका थिए । 

प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा नेपाल र कतारबीच कतारमा रहेका नेपाली कामदार (श्रम मुद्दा) का विषयमा पनि छलफल भएको थियो । कतारमा हाल करिब चार लाख नेपाली कामदार कार्यरत छन् । 

कतारका अमिरले कतारको विकास र समृद्धिमा नेपाली कामदारको ठूलो योगदान रहेको जनाउँदै नेपाली कामदारको पटक–पटक प्रशंसा गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले श्रम सहकार्यलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका थिए । जवाफमा कतारका अमिरले नेपाली कामदारको क्षमता र सीप अभिवृद्धि गर्ने कतार तयार रहेको बताएका थिए । “नेपाली कामदारको क्षमता र सीप अभिवृद्धि गर्नको लागि आवश्यक सहायता दिन हामी तयार छौँ,” कतारका अमिरले बताए । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्ला वर्षहरूमा विश्वमा भू–राजनीतिक द्वन्द्व बढ्दै गको चिन्ता व्यक्त गरेका थिए । बढ्दो भू–राजनीतिक द्वन्द्व कम गर्न कतारले खेल्दै आएको भूमिकाको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए । 

गत कात्तिक महिनामा प्यालेस्टिन चरमपन्थी समूह हमासले इजरायलबाट बन्धक बनाई लगेका नेपाली युवा विपीन जोशीको सकुशल रिहाइको लागि पहल गरिदिन पनि प्रधानमन्त्री प्रचण्डले कतारका अमिरलाई अनुरोध गरेका थिए । 

“यसमा हामी सकारात्मक छौँ । हाम्रो सहयोग रहन्छ,” जोशीको रिहाइका सम्बन्धमा कतारका अमिर थानीले भने । आफ्नो नेपाल भ्रमणले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको दाबी बैठकमा कतारका अमिरले गरेका थिए । प्रधानमन्त्री प्रचण्डले भने कतारका अमिरको भ्रमणले नेपालमा नयाँ आशा जगाएको बताए । 
 
जलवायु परिवर्तनको प्रभाव गर्न सबै मिलेर काम गर्नुपर्नेमा कतारका अमिरले जोड दिएका थिए । “यसअघि कतारसँग श्रमका दृष्टिले मात्र सम्बन्ध गाँसिएको थियो । कतारसँगको सम्बन्धलाई लगानी, आर्थिक सहकार्यका कोणबाट हेर्न खोजेको यो पहिलोपटक हो,” प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सापकोटाले भने, “कतारका अमिरको यो भ्रमणले पश्चिम एसियामा सकारात्मक सन्देश गएको छ ।” 

कतारका अमिरले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा पनि यिनै विषयहरूमा छलफल गरेका थिए । मंगलबार काठमाडौं आइपुगेका उनी बुधबार नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय