site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेस्लाले अर्काे वर्षदेखि मानिसले जसरी काम गर्ने रोबोट बिक्री गर्ने

काठमाडौं । विद्युतीय गाडी निर्माता टेस्लाले अर्काे वर्षको अन्त्यसम्म मानिसले जसरी काम गर्नसक्ने ह्युमेनोइड रोबोट ‘अप्टिमस’ बिक्री गर्नसक्ने बताएको छ । टेस्लाका मालिक एलन मस्कले मंगलबार कन्फरेन्स कलमा लगानीकर्ताहरूसँग यस्तो भनेका हुन् ।

उनका अनुसार अप्टिमस रोबोट यस वर्षको अन्त्यसम्म कारखानामा काम गर्न सक्ष्मम हुनेछ । धेरै कम्पनीले श्रमिकको अभाव पूर्ति गर्न र एउटै किसिमले दोहोरिरहने काम गर्नका लागि ह्युमनोइड रोबोटको विकासमा काम गरिरहेका छन् ।

जापानको होन्डा र हुन्डाइ मोटरको बोस्टन डाइनामिस्कले लामो समयदेखि यस्ता रोबोट बनाउँदै आएको छ ।

यसै वर्ष माइक्रोसफ्ट र एनभिडियाको समर्थन रहेको स्टार्टअप फिगरले जर्मन अटो निर्माता बीएमडब्ल्यूसँग मानिसले जस्तै गतिविधि गर्नसक्ने रोबोट बनाउनेसम्बन्धी सम्झौता गरेका छन् ।मस्कले ह्युमेनोइड रोबोट बनाउन टेस्ला अरुभन्दा राम्रो स्थानमा रहेको भनेका छन् ।

केही अघि टेस्लालेले यसको दोस्रो पुस्ताको एक रोबोटले कारखानामा कपडा पट्याइरहेको भिडियो सार्वजनिक गरेको थियो । सन् २०१९ मा मस्कले लगानीकर्ताहरूलाई सन् २०२० सम्ममा रोबोट्याक्सी नेटवर्क सञ्चालनमा ल्याउने भने पनि सफल भने भएको छैन । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro