site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य : एफएनसीसीआई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एफएनसीसीईले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ ।

यही वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमिसम्बन्धी ऐन लगायतका कानुमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदवन्दी लगायतका विषयलाई सम्बोधन गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा पनि खुसी व्यक्त गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन नसकिएको पनि उल्लेख छ ।  महासंघले नै नियमावलीमार्फत परिभाषा खोजे पनि यसपटक सिधैँ ऐनबाट सम्बोधन हुनु सकारात्मक भएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो ।

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन  गर्ने महासंघको विश्वास छ । यसैगरी संशोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थान विन्दु भएको महासंघले विश्वास लिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro