site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : यी परिचयपत्रबाट पाइन्छ मतदान गर्न

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र नभए अन्य परिचयपत्रबाट मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा सो निर्णय गरेको आयोगका सहायक प्रवक्ता तथा उपसचिव रामदत्त पाण्डेयले जानकारी दिए ।  

आयोगका अनुसार मतदाताको अन्तिम नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी अनुमति पत्रबाट मतदान गर्न पाइन्छ । आयोगले उपनिर्वाचनका लागि परिचय खुल्ने प्रमाणपत्र देखाइ मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । 

“उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेका छन् । प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro