site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन भण्डारीलाई सम्झिँदा भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनमा देखिने विभाजन राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षाले भन्ने समीक्षा गर्नुपर्ने बताएकी छन् । नेकपा स्थापना दिवसको अवसरमा ललितपुरको गोदावरीमा सोमबार आयोजित कार्यक्रममा एमालेले उनलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको थियो । 

सोही सम्मानपछि सम्बोधनका क्रममा उनले फुटको समीक्षा नगरे भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुने बताइन् । “नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षा गरिनुपर्छ भन्ने मलाई लागेको छ । सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टी किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नुपर्‍यो । नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ,” भण्डारीले भनिन् । 

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका सबै राजनीतिक दलले आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भन्ने बेला–बेलामा समीक्षा गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई सम्झने क्रममा उनी भावुक बनिन् । “एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,” उनले भावुक हुँदै भनिन् । 

एमालेको प्रेरणा, प्रोत्साहन र जनताका चाहनाअनुसार थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने परिवेश निर्माण हुन पुगेको स्मरण गरिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro