site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम सरकारविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका विरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

सुदूरपश्चिम प्रदेशमा बहुमतसहित मुख्यमन्त्री दाबी गरेका लक्ष्मणकिशोरको प्रस्ताव प्रदेश प्रमुख नजिर मियाँले रद्द गरेका थिए । प्रदेश प्रमुख मियाँले पुनः संविधानको धारा १६८ (२) कै सरकार गठनका निम्ति आह्वान गरेका थिए ।

प्रस्ताव प्रस्तुत भइसकेपछि उनले दुई दिनको समय मागेका थिए । तर, सत्ता गठबन्धनको सरकार नबन्ने स्थिति देखिएको थियो । गठबन्धनका तर्फबाट नाउपाकै सांसद कैलाश चौधरी र नेपाली कांग्रेसको समर्थनमा दाबी गरेका लक्ष्मणकिशोर दुवैको प्रस्तावमा दाबी नपुग्ने भन्दै प्रदेश प्रमुखले रद्द गरेका थिए ।

लक्ष्मणकिशोरले रद्द गर्नेसम्बन्धी प्रदेश प्रमुख मियाँको पत्र असंवैधानिक भएको, दाबी परेको दोस्रो दिन असंवैधानिक रूपमा समर्थन फिर्ता लिन दबाब दिइएको र अल्पमतका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको रिटमा जिकिर गरेका छन् । उनले सो पत्र नै खारेज गरी आफूलाई मु्ख्यमन्त्री नियुक्त गर्न मागदाबी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro