site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : १० प्रतिवादीको मुद्दामा आज अन्तिम सुनुवाइ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका निम्ति थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँद ैछ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

पछिल्लोपटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो । कुनै मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दाहेर्दैमा राख्ने न्यायिक अभ्यास छ ।

न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा आज हेर्दाहेर्दैमा राखिएको र फैसला संशोधनको अर्को मुद्दा मात्र छ । पहिलो चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका १० प्रतिवादीको मुद्दामा सुनुवाइ सुरु भएको छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

पूर्वगृहसचिव पाण्डेसहित मुस्लिम आयोगका तत्कालीन अध्यक्ष शमशेर मियाँ, नक्कली भुटानी शरणार्थी प्रकरणका ‘योजनाकार’मध्येका सानु भण्डारी र केशव दुलाल, उनीहरूको योजनामा काम गरेका सन्देश शर्मा, सागर राई र गोविन्द चौधरी, सरकारका तर्फबाट मिलाउने जिम्मेवारी लिएर काम गरेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र विभागीय मन्त्रालयको व्यवस्थापन मिलाउन भूमिका खेलेका तत्कालीन उपप्रधान एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरिदिएको छ । त्यसविरुद्ध उनीहरू पुनः सर्वोच्च गएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro