site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी कंग्रेसमा सहायता प्याकेज स्वीकृत, टिकटकलाई भनियो– कि बेच, नत्र अमेरिकामा बन्द 
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी तल्लो सदन कंग्रेसले रुसी अतिक्रमण झेलिरहेको युक्रेनको सहायतासम्बन्धी प्याकेज स्वीकृत गरेको छ । ६१ बिलियन डलरको सहायता प्याकेज स्वीकृत गर्न अमेरिकी कंग्रेसमा विवाद उत्पन्न भएको थियो । तर, शनिबार सोसम्बन्धी सहायता स्वीकृत गरिएको हो ।

सहायता रकम स्वीकृत गरिएकामा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्र र स्वतन्त्रता विश्वकै निम्ति महत्त्वपूर्ण रहेको र अमेरिकाले यसका लागि मद्दत गरेसम्म सो मामिला कहिले पनि असफल नहुने जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले सो प्याकेजले अमेरिका अझ धनी हुने तथा युक्रेन ध्वस्त हुने र अझै धेरै युक्रेनीले ज्यान गुमाउनुपर्ने बताएका छन् । अमेरिकी कंग्रेसले स्वीकृत गरेको सहायता रकममा २६.४ बिलियन इजरायललाई सहयोग पनि रहेको छ ।

यस्तै, गाजामा मानवीय सहयोगका निम्ति ९.१ बिलियन, एसिया प्यासिफिक क्षेत्रका लागि ८.१ बिलियन, जसमा चीनलाई काउन्टर दिन ताइवानलाई सहयोगलगायत सहायता पनि रहेको जनाइएको छ ।

Global Ime bank

अमेरिकी माथिल्लो सदन सिनेटबाट पनि सहायता प्याकेज स्वीकृत भएपछि सोसम्बन्धी कानुनमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् ।

कंग्रेसले चिनियाँ सामाजिक सञ्जाल टिकटकलाई कि यसको हिस्सेदारी बेच्न वा अमेरिकामा प्रतिबनध स्वीकार्न आग्रह गर्दै विधेयक पारित गरेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement