खेल
काठमाडौं । चेल्सविरुद्ध १–० को साँघुरो जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको सिटीको जितमा बर्नान्डो सिल्भाले गरेको गोल निर्णायक बन्यो ।
शनिबार राति वेम्बली रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको निर्धारित समय सकिन ६ मिनेट बाकी हुँदा सिल्भाले गोल गर्दै सिटीलाई अग्रतामा राखे । यही गोल निर्णायक बन्दा सिटीले फाइनलमा स्थान निश्चित गरेको हो ।
अब सिटीले उपाधिका निम्ति म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल मे २५ मा हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ ०९:०६
प्रतिक्रिया दिनुहोस्