काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने जनाएको छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसी समेतलाई वेवास्ता गर्दै प्रदेशसभा बैठक बोलाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको आज बसेको बैठकले अदालतको आदेशको अवहेलना हुने गरी प्रदेशसभा
अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु गैरजिम्मेवार कदम रहेको निष्कर्ष निकालेको छ । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा सरकार गठन भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको छ ।