site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘कोसीमा मुख्यमन्त्रीसमक्ष दुई विकल्प : राजीनामा कि विश्वासको मत’ 

विराटनगर । नेकपा माओवादी केन्द्र कोसी संसदीय दलका नेता इन्द्र आङ्बोले कोसी सरकार अल्पमतमा परेको दाबी गरेका छन् । 

शुक्रबार कोसी प्रदेशसभाको बैठकमा सदनमा दर्ता भएको संकल्प प्रस्तावमाथिको छलफलमा उनले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्री केदार कार्कीले मार्ग प्रशस्त गर्नुपर्ने वा विश्वासको मत लिनुपर्ने बताए । 

Argakhachi Cement Island Ad

प्रदेशसभाको अधिवेशन बोलाउने विषयमा पनि सरकारको नियतप्रति शंका गर्दै उनले भने, “प्रदेशसभाको अधिवेशन बोलाउने विषयमा सरकारको नियत राम्रो छैन ।” सरकारले आगामी जेठ ११ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । 

सरकार बहुमतले नै चलाउने भन्दै आङ्बोले समर्थन वा विश्वासको मत दल वा व्यक्तिले फिर्ता लिन सक्ने बताए । ३० दिनसम्म विश्वासको मत लिन समय दिइएको र सरकार संसद्‌बाटै बन्ने बताउँदै उनले भने, “पारित संकल्प प्रस्ताव कानुनसरह हुन्छ । बहुमतले अल्पमतलाई शासन गर्ने हो । कांग्रेसको लोकतान्त्रिक मूल्य मान्यताको परीक्षणको बेला छ ।” 

कोसी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले वैसाख ३ गते संकल्प प्रस्ताव दर्ता गराएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्