site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंकको नाफा बढ्यो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चैतमसान्तसम्मको वित्तीय विवरणअनुसार दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत वार्षको सोही अवधिको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले दुई अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले पाँच अर्ब ६३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले पाँच अर्ब ५८ करोड ७२ लााख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले खराब कर्जा सन्तुलनमा राखेको देखिएको छ । गत वर्षको चैत मसान्तसम्म ०.७० प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा पनि ०.७० प्रतिशत नै कायम भएको छ ।

चैत मसान्तससम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३६ करोड ३३ लाख रुपैयाँ छ ।

बैंकले चैत मसान्तसम्म दुई खर्ब १४ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७८ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

चैत मसान्तसम्म बैंकको जगेडा कोषमा ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro