site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमा मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्  विस्तार गरेका छन् । 

चौथो पटक विश्वासको मत लिएको एक दिन नबित्दै मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रिपरिषद्मा सामेल गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुंगेलीले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । 

शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । साह र भट्टराई नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका छन् । लुंगेली नेकपा (एकीकृत समाजवादी) र थापा एमालेबाट सरकारमा सहभागी भएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण समेत गराएकी छन् ।

यता माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । माओवादीका भरत साहले भने अर्थ मन्त्रालयमा दाबी गर्दै आए पनि टुंगो नलागेका कारण बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro