site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : थापा

काठमाडौं । कोसी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन् । बिहीबार प्रदेशसभा परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए । अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने उनको भनाइ छ । उनले विधि र प्रक्रिया पूरा गर्ने बाटोबाट कांग्रेस अघि बढ्ने बताए ।

Dabur Nepal
NIC Asia

उनले भने, "अल्पमत, बहुमत हुनु स्वभाविक हो । संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो । तर अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसको प्रक्रियाहरू हुन्छन् । विधि, तरिकाहरू हुन्छन् । विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निष्कर्षमा पुग्नेछौँ ।"

कोसी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताएका छन् । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro