site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनमा आईटी पार्क र डाटा सेन्टर बनाउने परियोजना प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट दुई वटा परियोजना प्रस्तुत हुने भएका छन् । आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना हुँदैछ ।

सम्मेलनमा करिब १४८ आयोजना प्रस्तुत गर्ने तयारी लगानी बोर्डले गरेको छ । ती परियोजनामा सञ्चार मन्त्रालयका दुई वटा छन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सूचना प्रविधि (आईटी) पार्क र उच्च स्थानमा (हाइ अल्टिट्युड) डाटा सेन्टर निमार्णको परियोजना प्रस्तुत हुने बताए ।

Dabur Nepal
NIC Asia

“सञ्चार मन्त्रालयबाट आईटी पार्क र डाटा सेन्टर निर्माण गर्ने दुई प्रोजेक्ट लगानी सम्मेलनमा प्रस्तुत हुने पक्का भएको छ,” मन्त्रालयका प्रवक्ता सुवेदीले भने ।

आईटी पार्क काठमाडौं उपत्यकाभित्रै बन्ने गरी योजना बनाइएको उनले बताए । उनका अनुसार डाटा सेन्टर भने देशभर जहाँ उपयुक्त हुन्छ त्यहीँ बन्ने गरी प्रस्ताव राखिएको छ ।डाटा सेन्टरलाई चिस्यान आवश्यक पर्छ । उपयुक्त हुने ठाउँमा गर्न मन्त्रालयले योजना अघि सारेको हो ।

सम्मेलनमा विभिन्न देशबाट दर्जनौँ लगानीकर्ताहरू उपस्थित हुने भएका छन् । सरकारले प्रस्तुत गर्ने परियोजनाहरुरूमा उनीहरुले लगानी गर्ने अपेक्षा गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro