site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्प पीडितका लागि सहायता कोषमा ३६ करोड ३६ लाख जम्मा
फाइल तस्बिर ।

काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको छ ।  ०८० कार्तिक १८ गतेदेखि हालसम्म उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितलाई सहायता उपलब्ध गराउन कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १४५ भन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा रकम जम्मा गरेका हुन् । 

जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । भूकम्पका कारण ६० हजारभन्दा बढी घरमा आंशिक तथा पूर्ण क्षति गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro