site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामसङ एम१४ एलटीई सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई फोन सार्वजनिक गरेको छ । यो फोनमा ५० मेगापिक्सलको ट्रिपल क्यामरा र पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको छ ।

अत्याधुनिक अक्टा–कोर प्रोसेसर रहेको फोन ग्यालेक्सी एम सिरिजकै नयाँ फोन भएको सामसङले जनाएको छ । सामसङ नेपालका एमएक्सका निर्देशक प्रणय रत्न स्थापितले नयाँ फोन सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

कस्ता छन् फिचर ?
ग्यालेक्सी एम१४ एलटीई (फोरजी) फोनमा कम उज्यालोमा फोटो खिच्न एफ१.८ लेन्ससहितको ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ । फोनमा सेल्फी खिच्न १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।  पाँच हजार एमएएचको ब्याट्री रहेको फोनले २५ वाटको चार्जिङ सपोर्ट गर्छ र घण्टौँ चार्ज टिक्ने कम्पनीको भनाइ छ । फोनसँगै चार्जरको एडेप्टर उपलब्ध छ । फोनमा क्वालकम स्न्यापड्र्यागन ६८० अक्टा–कोर प्रोसेसर छ ।

यो चिपसेटले मल्टिटास्किङ, प्रभावकारी सीपीयूसँगै गेमिङ अनुभव र ग्राफिक्सलाई विशेष बनाएको कम्पनीको दाबी छ । फोनमा ६.७ इञ्चको पीएलएस एलसीडी इन्फिनिटी–यू डिस्प्ले छ । ग्यालेक्सी एम१४ एलटीईमा एन्ड्रोइड १३ र वान यूआई ५.१ कोर रहेको छ ।कम्पनीले दुई वर्ष अपरेटिङ सिस्टम र चार वर्षको सुरक्षा अपडेट दिने जनाएको छ ।

Global Ime bank

मूल्य कति ?
ग्यालेक्सी एम१४ एलटीई दुई निलो र गाढा निलो दुई रङमा उपलब्ध छ । यस्तै, फोनका दुई भेरियन्ट रहेका छन् । जसमध्ये ४जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ छ ।

यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनका मूल्य २१ हजार ९९९ रुपैयाँ छ । फोनमा ६ जीबी भर्चुअल र्‍याम बढाउन सकिनेछ ।

फोन आउँदो अप्रिल १८ देखि देशभरका आउटलेटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङका अनुसार २० हजारभन्दा बढी मूल्यका फोन शून्य ब्याजदरसहितको किस्ताबन्दीमा पनि खरिद गर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu