site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माडीमा विद्युत् सेवा अवरुद्ध
Sarbottam CementSarbottam Cement

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल)मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको थियो ।

अरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि  सेवा सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जिनियर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनः मर्मतका लागि कति समय लाग्ने भन्ने टुंगो नभएको सापकोटाले बताए । 

निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

Global Ime bank

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको सापकोटाले बताए । रासस

    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC