site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अदालतको अवहेलना गरेको भन्दै गण्डकीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ । मंगलबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दर्ता गराएका हुन् । 

पूर्व मुख्यन्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलका अनुसार सर्वोच्चले नै सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिनु अदालतको अवहेलना हो ।

गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्ति सम्बन्धि सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्चले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ ।

सर्वोच्चले  दीर्घकालीन महत्वका निर्णयहरू नगर्नू भन्ने आदेश दिए पनि मुख्यमन्त्रीले यहीबीचमा महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरिसकेका छन् । उनले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता तथा तनहुँका श्रीकान्त खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
 
यसबाहेक सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu