site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अन्तरिक्षबाट खसेको फोहोरको टुक्रा घरको छतमा खसेपछि...

काठमाडौं । अन्तरिक्षबाट खसेको फोहोरको टुक्राले अमेरिकाको फ्लोरिडामा एक घरको छत हुँदै दुई तला छेडेको छ । उक्त वस्तु अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट गत महिना खसेको पुष्टि भएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त वस्तु आईएसएसको हिस्सा भएको पुष्टि गरेको हो । नासाले उक्त वस्तु करिब २ हजार ६३० किलोग्राम तौल भएको हार्डवेयरको टुक्रा भएको बताएको छ ।

आईएसएसमा नयाँ लिथियम–आयन ब्याट्री जडान गरेपछि सन् २०२१ को मार्चमा उक्त वस्तु फालिएको थियो । त्यो हार्डवयर गत मार्च ८ मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला पूर्णरुपमा जलेर नष्ट होला भन्ने अपेक्षा थियो । तर त्यसको एक टुक्रा वायुमण्डलबाट समेत जोगिएर खसेपछि फ्लोरिडाको नेपल्स स्थित एक घरमा क्षति गरेको हो ।

घरधनी अलेजान्ड्रो ओटेरोले परिवारका सदस्य कसैलाई पनि केही नभएको बताएका छन् । उनले नै नासालाई खबर गरेका थिए । 

करिब ७०० ग्रामको उक्त वस्तु मिश्रत धातु इन्कोनेलबाट बनेको बताइएको छ । यसले उच्च तापक्रम, चाप, वा मेकानिकल लोडजस्ता चरम अवस्थाको सामना गर्नसक्छ ।

पछिल्ला वर्षहरूमा हजारौँको संख्यामा अन्तरिक्षयानहरू प्रक्षेपण भइरहेका छन् । त्यसबाट अन्तरिक्षमा सिर्जित प्रदूषणले त्यहाँ मात्रै नभएर पृथ्वीसम्म क्षति गर्नसक्ने यो घटनाले पुष्टि गरेको छ । बीबीसी

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro