site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसीसी प्रिमियर लिग : साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ । खेल ११ : ४५ बजे सुरु हुनेछ ।  

समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

Dabur Nepal
NIC Asia

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । 

शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 

नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा साउदी अरेबिया, मलेसिया, हङकङ र कतार छन् । 

समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र कम्बोडिया छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro