site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश प्रमुखको आह्वानमा असहमति छ : लक्ष्मण चौधरी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले आज गरेको आह्वानमा असहमति जनाएका छन् ।

प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री नियुक्तिका लागि पेस गरिएको दुई प्रदेशसभा सदस्यको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाउँदै आज पुनः दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट दुई जनाको दाबी पेस भएको आधारमा निष्कर्षमा पुग्न नसकिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमत सदस्यको समर्थन जुटाउन सक्नेलाई बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

यसअघि प्रदेश प्रमुखले गएको चैत २३ गते मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख २ गते साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।

आज भएको आह्वानलगत्तै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले साँझ संयुक्त पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखले संविधानविपरीत कदम चालेको आरोप लगाएका छन् ।

प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको आरोप लगाए । प्रदेश प्रमुखको आह्वानअघि आजै नेकपा (एकीकृत समाजवादी) पार्टीले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दिएको समर्थन फिर्ता लिएको थियो । 

लक्ष्मणकिशोर चौधरीले तीन दिनअघि मात्रै नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सोही दिन नाउपाकै कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।  

लक्ष्मणकिशोर नाउपाका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर र कैलाश चौधरी पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता पक्षधर रहेको बताइन्छ ।

संस्थापक संरक्षक रेशमको पक्षमा पाँच र अध्यक्ष रञ्जिताका पक्षमा दुई प्रदेशसभा सदस्य रहेको नाउपाका पार्टीका कार्यकर्ताले बताउँदै आएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro