site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचनका लागि मतपत्र छापियो, भोलि जिल्ला पठाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र छपाइ भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ (क)का लागि ६८ हजार मतपत्र छापिएको छ । मतपत्र बुधबार जिल्ला पठाइने उनले बताए । “सोमबार छपाइ सम्पन्न भयो । मतपत्र प्याकिङको काम भइरहेको छ । भोलि जिल्ला पठाउँछौँ,” पौडेलले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङ–१ (क) मा ११ उमेदवार रहेका छन् । 

इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ । आयोगको वेबसाइटमा नमुना मतपत्र राखिएको छ ।

Global Ime bank

नमुना मतपत्र हेर्नोस् :


NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement