site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिडनी चर्चमा आक्रमण : धर्मको आधारमा प्रेरित आतंकवादी घटना
Sarbottam CementSarbottam Cement

सिड्नी ।अष्टेलिया प्रहरीले सोमबार सिडनीको चर्चमा भएको चक्कू आक्रमणलाई धर्मको आधारमा प्रेरित आतंकवादी घटना भएको जनाएको छ ।

एसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा एक विशप, एक पादरी र अन्य भक्तजनमाथि चक्कू आक्रमण गरिएको थियो ।  घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १६ वर्षिय युवालाई गिरफ्तार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार सो घटनामा कम्तिमा चार जनालाई चोट लागेको छ । उक्त आक्रमणमा आक्रमणकारी पनि घाइते भएको छ ।  सिड्नीको उपनगर वाकेलीको सो चर्चमा प्रार्थनाको लाइभ स्टिम गरिएको थियो । 

सोही क्रममा सो हमला पनि प्रसारित भएको थियो ।घटना लगत्तै सैयौं मानिस चर्चको बाहिर जम्मा भएका थिए । उनीहरुको प्रहरीसँग समेत झडप भएको थियो । यस क्रममा प्रहरी अधिकारी घायल हुनुका साथै प्रहरीका २० गाडीमा पनि क्षति भएको थियो । 

Global Ime bank

घाइतेको उपचारका लागि गएका स्वास्थ्यकर्मीलाई समेत मानिसहरुले करिब ३ घण्टा बन्धक बनाएर राखेका थिए ।  प्रधानमन्त्री एन्थनी एलबनीजले राष्टिय सुरक्षा परिषदको बैठक डाकेर हमलालाई चिन्ताजनक बताए । 

उनले आफ्नो देश शान्तिप्रिय भएको र त्यहाँ हिंसा र उग्रपन्थलाई कुनै स्थान नभएको बताए । एक हप्ताको बीचमा अष्टेलियामा चक्कु प्रहारको घटना भएको यो दोस्रो पटक हो ।  हालै सिडनीको एक शहरमा भीड रहेको मलमा चक्कू प्रहार हुँदा ६ जनाको मृत्यु भएको थियो । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement