site stats
बाह्रखरी :: Baahrakhari
विदेश
६ रुपैयाँको अण्डा सवा २ लाखमा लिलाम !

बीबीसी । त्यो कुनै सुनको अण्डा होइन मात्र ६ रुपैयाँ भारुमा बजारमा खरिद गरिएको सामान्य अण्डा हो । तर, मश्जिद बनाउनका लागि जब एक गरिब महिलाले सो अण्डा दान दिइन् त्यसपछि सो अण्डाको मूल्य दुई लाख रुपैयाँ भन्दा बढी पुग्यो । 

भारत प्रशासित काश्मीरको उत्तरी कस्वे सोपोरको माल मापनपुरा गाउँमा केही महिनादेखि एक मश्जिद बनाउने काम भइरहेको छ ।  इदको अवसरमा एक मश्जिद कमिटीले घर घर गएर नगद र सामान लिने निर्णइ गरेको थियो । 

मानिसहरुले नगद, भाँडाकुँडा, कुखुरा र चामललगायतका सामान दान दिए ।  मश्जिद कमिटीका सदस्य नसीर अहमदका अनुसार सामान जम्मा गर्दैगर्दा सानो घरकी एक महिलाले शिर झुकाउँदै एक अण्डा आफ्नो तर्फबाट लिन आग्रह गरिन् । 

नसिरका अनुसार ती महिला निकै गरिब जस्ती देखिन्थिन् ।  उनी जर्जर भएको घरमा एक सानो छोराको साथ बस्दै आएकी थिइन् ।  सो अण्डा बोलकबोलमा बेच्नका लागि राखियो ।नसिरले महिलाको पहिचान नखुलाई सो अण्डाको लागि आफनो तर्फबाट १० रुपियाको कबोल गरे । 

त्यसपछि सो अण्डाको लागि अर्को कबोल १० हजार रुपैयाँको थियो र त्यसको मूल्य बढ्दै गयो ।  गाउँका पूर्व सरपञ्च तारिक अहमदका अनुसार अढाई सय मानिस भएको सो गाउँमा ठूलो जामा मश्जिद छैन । 

Global Ime bank

मश्जिद बनाउन थालिएकोमा छतमा पुगेर काम रोकिएको थियो किनकि अघि बढाउन रकमको अभाव थियो ।  सो अण्डाको बोलकबोल तीन दिनसम्म चलेको थियो ।  दोस्रो दिन सम्ममा ५० हजार रुपैयाँसम्मको कबोल आएकोमा अन्तिम दिन सोपोरका युवा व्यापारी दानिश हमीद पनि सामेल थिए । 

५४ हजारको कबोलमा जब दुईपटक भनियो त्यतिबेला पछिल्लो लाइनमा रहेका दानिशले ७० हजार कबोल गरे ।  यस  हिसाबले सो अण्डा सबै मिलाएर २ लाख २६ हजार ३५० नगद दान जम्मा गर्न सफल भयो । 

दानिसका अनुसार सो अण्डा कसले दान गरेको भन्ने प्रष्ट नभए पनि कोही गरिब महिलाले दिएको भन्ने थाहा थियो । त्यही कारण धनी व्यक्तिहरु बढाबढमा दान दिन तयार भएका थिए ।  आफूले ७० हजार रुपैयाँमा अण्डा खरिद गर्दा पनि आफ्नो सोच त्यही भएको उनको भनाइ थियो । 

उनका अनुसार सो अण्डाको प्रतिकात्मक महत्व रहेको छ । त्यसैले त्यसलाई सम्हालेर राख्नका लागि एउटा राम्रो फ्रेम बनाउने तयारी भइरहेको छ ।  उनी सच्चा भावनाको कुनै मूल्य नहुने भएकोले सो अण्डा सधैँका लागि सुरक्षित रुपमा उनको घरमा राखिने बताउँछन् । बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu