अर्थ व्यवसाय
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमाबारदेखि पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित नयाँगाउँमा शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेकी हुन् ।
बैंकको नयाँगाउँ शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको बताइएको छ ।
प्रभु बैंकले ३०२ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ २३:१७
प्रतिक्रिया दिनुहोस्