site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इलाम–२ को उपनिर्वाचन प्रतिष्ठाको विषय बनेको बताएका छन् । उपनिर्वाचनको प्रचारका लागि सोमबार इलाम पुगेका कोइरालाले पार्टी एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए । 

“कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ । यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको बिषय भएको छ । जित्नैपर्छ,” कोइरालाले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने उनले बताए । पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न उनको आग्रह छ । आकांक्षी जतिजना भए पनि टिकट एकजनालाई दिनुपर्ने भएकाले अरुले चित्त दुखाउन नहुने कोइरालाले बताए । आफैँ उमेदवार भए जसरी निर्वाचनमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro