site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागरिक समाजका अगुवाले दलहरूलाई भने– शैक्षिक संस्थामा हस्तक्षेप नगर्ने घोषणा गर

काठमाडौं । नागरिक समाजका अगुवाहरूले विश्वविद्यालयसहित शैक्षिक प्राज्ञिक संस्थाहरूमा हस्तक्षेप नगर्ने घोषणा गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । आज एक संयुक्त वक्तव्यमार्फत नागरिक समाजका ६७ जना अगुवाहरूले राजनीतिक दल र तिनको नेतृत्वबाट स्पष्ट भाषामा संयुक्तरूपमा तत्काल सार्वजनिक रूपमा उद्घोष गर्न र प्रतिबद्धताको पूर्ण पालना गर्न आग्रह गरेका हुन् ।

शैक्षिक–प्राज्ञिक संस्थाहरूको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ र अनावश्यक हस्तक्षेप नगर्ने संकल्प एवं प्रतिबद्धता हुनुपर्ने उनीहरूको निष्कर्ष छ ।

देशका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अध्ययन–अनुसन्धानका निम्ति स्थापित उच्चस्तरका शैक्षिक–प्राज्ञिक संस्थाहरू बारम्बारको अनावश्यक राजनीतिक हस्तक्षेपबाट गम्भीररूपमा आक्रान्त हुने गरेको उनीहरूको भनाइ छ ।

"त्यस्ता संस्थाको नेतृत्व चयन तथा शिक्षक र कर्माचारीहरूको नियुक्ति र पदोन्नतिमा योग्यता–क्षमता भन्दा पनि राजनैतिक चलखेल र भनसुनको प्रभाव झन्–झन् निर्णायक हुन थालेको दुःखद् अवस्था हाम्रोसामु छ । यस्ता अवाञ्छित क्रियाकलापका कारण समेत हाम्रा उच्च शैक्षिक संस्थाहरू लामो समयदेखि दिशाहीन, अकर्मण्य र नैराश्यको स्थितिबाट गुज्रिन बाध्य छन्," वक्तव्यमा भनिएको छ ।

उनीहरूले यस किसिमको प्रत्युत्पादक परिस्थितिले निरन्तरता पाइरहे सीमित साधन र स्रोतको भरमा सञ्चालित शैक्षिक–प्राज्ञिक संस्थाहरूबाट गुणस्तरीय शिक्षा र नवीन ज्ञान उत्पादनको अपेक्षा गर्नु स्वाभाविक र वस्तुसम्मत हुन नसक्ने बताएका छन् ।

"यस्तो परिस्थितिको दुष्परिणामस्वरूप हाम्रा युवा विद्यार्थीहरू बेरोजगार रहने वा विदेशतर्फ पलायन हुने मात्र होइन, सिंगो राष्ट्र र नेपाली जनताको भाग्य एवं भविष्यसमेत अन्योल र थप संकटतर्फ धकेलिने निश्चितप्रायः छ," उनीहरूले भनेका छन् ।

लोकतान्त्रिक प्रणालीमा 'संरक्षण'को नाममा ती संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रकारको अतिक्रमण स्वीकार्य हुन नसक्ने उनीहरूले बताएका छन् ।

देशका सार्वजनिक विश्वविद्यालयलगायत सबै प्राज्ञिक संस्थाहरूको संस्थागत स्वतन्त्रता एवं स्वायत्तताको प्रत्याभूति सुनिश्चित गर्न राजनीतिक दलहरूका साथै सरकारबाट समेत आत्मसंयमको संकल्प जरुरी भएको उनीहरूको ठहर छ ।

हेर्नुहोस् वक्तव्य

Press-release-DD_RD-1-1713179895.jpg

Press-release-DD_RD-2-1713179895.jpg

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro