site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य 

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ । 

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको हो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित ओभर २० बाट १८ ओभरमा घटाइएको छ ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे ।

आजको खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ ।

उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro