site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

अछाम । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती बालबालिकाको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro