site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिग्री माइला’ले दुई दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘डिग्री माइला’ले दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार दुई करोड आठ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ । तेस्रो दिन आज (आइतबार) पनि हलमा उच्च अकुपेन्सी छ ।

टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि सिनेमाले राम्रो हाइप बनाएको थियो । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक छ । सिनेमालाई दुई क्यामेराम्यान शिवराम श्रेष्ठ र राइली एस शिनले खिचेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro