site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोग्बा एएस मोनाकामा अनुबन्धित

काठमाडौं । फ्रेन्च राष्ट्रिय टोलीका मिडफिल्डर पल पोग्बा १८ महिनाको प्रतिबन्धपछि मोनाकेली टिम एएस मोनाकोमा अनुबन्धित भएका छन् । शनिबार मोनाकोको ‘लिग वान’ टोली एएस मोनाकोले पोग्बा र क्लबबीच दुई वर्षको निम्ति सम्झौता भएको जनाएको हो ।

यसअघि, उनी इटालियन क्लब युभेन्ट्समा थिए । युभेन्ट्सले पोग्बासँग गत नोभेम्बरमा बाँकी सम्झौता रद्द गरेको थियो । क्लबले उनीसँग सन् २०२६ को जुन सम्मका लागि सम्झौता गरेको थियो । तर, प्रतिबन्धका कारण सम्झौता रद्द गर्ने प्रक्रिया रोकिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टले सन् २०२४ को फेब्रुअरीमा पोग्बाले खेलका दौरान प्रतिबन्धित पदार्थ सेवन गरेको पुष्टि गरेको थियो । जसका कारण उनीमाथि चार वर्षको प्रतिबन्ध लगाइएको थियो । तर, अदालतले प्रतिबन्धलाई १८ महिनामा झारिदिएको थियो ।

पोगबाले युभेन्ट्ससँगै इंग्लिस प्रिमियर लिगमा पनि म्यान्चेस्टर युनाइटेडबाट खेलिसकेका छन् । टोलीले उनलाई सन् २०१६ मा विश्व कीर्तिमान रच्दै ८९ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनले टोलीबाट पाँच वर्ष खेलेका थिए ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्