site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले उपहारस्वरूप दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतले उपहारस्वरूप नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आइतबार एक कार्यक्रमको आयोजना गरी ती एम्बुलेन्स र स्कुल बस सम्बन्धित संघ–संस्थालाई हस्तान्तरण गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे ।

उपहारस्वरूप कुल १०१ सवारीसाधन हस्तान्तरण गरिएको हो । तीमध्ये दुई एम्बुलेन्स भारतीय दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला प्रमुख अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

a3-1713091647.jpg
भारतले तीन दशकदेखि आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको दूतावासले जनाएको छ ।

“यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ,” दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

a2-1713091669.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro