site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्यायले सम्हाले कार्यभार

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन् । निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइपछि उपाध्यायले कार्यभार समालेका हुन् ।

उपाध्यायलाई २०८० चैत्र १४ गते सम्पन्न सञ्चालक समितिको बैठकले वैशाख १ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा सकिएको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्