site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी छ : सांसद केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । 

देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको उनको भनाइ छ । अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताए । देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको उनको भनाइ छ । 

उनले भने, "अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको विरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट विद्रोहतिर उन्मुख छ । यो परिस्थिति जुन देखिएको छ, त्यसलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरूलाई चुनौती छ । हामी जति सजिलो सम्झिरहेका छौँ, त्यति सजिलो राष्ट्रिय अवस्था छैन । चाहे आर्थिक होस् हामी अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेका छौँ । कुन दिन असफल राष्ट्रतिर उन्मुख हुने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यत्तिकै जटिल र चुनौतीपूर्ण छ । तत्कालै नदेखिएको होला, तर गम्भीर बन्दै गइरहेको छ ।"

नेता केसीले परराष्ट्रनीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताए । अहिले सरकार सरकार जसरी चल्न नसकेको बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro