site stats
बाह्रखरी :: Baahrakhari
देश
जीबी राईसहित २८ प्रतिवादी, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणको अनुसन्धान सकाएको छ । प्रहरीले ६० दिन लगाएर गरेको अनुसन्धान प्रतिवेदन गएको शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको छ ।

गएको फागुन ३ गतेदेखि आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार मात्र अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दिपेश पुनलाई पक्राउ गरिएको थियो । पुन चैत २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनीहरूसहित सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न २८ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको रुपन्देही प्रहरी प्रमुख एवं एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

सहकारीका ११ हजार बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ०७२ सालदेखि सञ्चालित सुप्रिम सहकारीको सञ्चालक समितिको अध्यक्षमा त्यति बेला ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई थिए ।

उनलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । यस्तै, सहकारी प्रकरणमा संलग्न राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई समेत प्रतिवादी बनाइएको छ ।

Global Ime bank

यसैगरी, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका भविश्वर अर्याल र कुमार रम्तेललाई पनि सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएको छ ।

जीबी राईले ०७६ मा ओमप्रकाश गुरुङलाई सुप्रिमको अध्यक्ष बनाएका थिए । ओमप्रकाश अध्यक्ष हुँदा भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समेत सुप्रिममा मर्ज गरे । छोटो समयमै रुपन्देही जिल्लाभरि सहकारीको कारोबार विस्तार गरेर उनीहरूले सवा अर्ब रुपैयाँ संकलन गरेका थिए ।

तर, पछि उनीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपश्चात् सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले उजुरी दिन थालेका थिए । प्रहरीका अनुसार, विजयकुमार नेपालसहित एक हजार ७३० जनाले ठगीको जाहेरी दिएका थिए ।

सहकारी ठगीका मुख्य योजनाकार जीबी राई भएको प्रहरीले जनाएको छ । उनी मलेसियातर्फ भागेको खुलेको छ । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठनले ‘रेड नोटिस’ जारी गरिसकेको छ ।

उनलाई अझै नेपाल झिकाउन भने प्रहरीले सकेको छैन । सरकारीको कुल रकममध्ये ७८ करोड रुपैयाँ जीबी राईमार्फत पाँच कम्पनीमा पुगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । त्यसमध्ये गोर्खा मिडियामा समेत लगानी गरिएको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu