site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपालक्षित ओलीको टिप्पणी– संवैधानिक दायरामा आएर गतिविधि गरियोस्
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएका छन् ।

गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्याको समाधान गर्न सकिने उनले उल्लेख गरे । सोहीअनुसारको गतिविधि अघि बढाउन उनले राप्रपालाई सचेत गराए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले संविधान, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नमान्ने र एउटा ‘मालिक’ चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताए । उनले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्नेमा जोड दिए ।

“...अहिले पनि केही मान्छेहरूमा उत्ताउलापनहरू देखिन्छन् । म ती राजनीतिक शक्ति र व्यक्तिहरू छन्, त्यस्ता राजनीतिक समूह वा व्यक्तिहरूलाई आग्रह पनि गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु–संविधानको दायरा भित्र आउनुस्,” उनले भने ।

कुनै पनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएको भन्दै उनले राप्रपालाई सचेत गराए । “...अहिले संवैधानिक बाटोबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन । निरंकुशताका समयमा राजतन्त्र भएका बेलामा त्यसले प्रतिगमन गर्थ्यो,” उनले भने, “अहिले जनताका अधिकार खोसिँदैन । खोस्न मिल्दैन । यो राजतन्त्र भएको समय होइन, खोस्न मिल्दैन । यो गणतन्त्र हो ।”

अध्यक्ष ओलीले मुलुकमा केही पनि भएको छैन भन्ने खालको निराशा पालेर नबस्न पनि युवालाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro