site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिड्नीको सपिङ मलमा छुरा आक्रमण, कम्तीमा पाँचजनाको मृत्यु
तस्बिर : एएफपी ।

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यावसायिक भवनभित्र मानिसलाई आतंकित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँचजनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र)मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेका छन् ।

त्यहाँ एक नौ महिनाको शिशुसहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए ।

बोन्डी जक्सनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसको भागाभाग भएको थियो । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई कारबाही गरेको छ । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।

घटनास्थलबाट मानिस भागिरहेको देखिने खालका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रहरीले त्यहाँको समयानुसार अपराह्न ४ बज्नै लाग्दा एक व्यक्तिलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ ।

घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro