site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चको परमादेशले तोकेको अन्तिम दिन गठन गर्‍यो सरकारले समिति

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरूपणसम्बन्धी आयोगका पदाधिकारी सिफारिस समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो समिति गठन गरिएको जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

आयोगका पदाधिकारी सिफारिस समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौड्याल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि र विषय विज्ञबाट एक/एक सदस्य रहने प्रावधान छ ।

कुल पाँच सदस्यीय समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको नाम सिफारिस गर्नेछ । समितिको सिफारिसपछि मन्त्रिपरिषद्‌बाट आयोग पदाधिकारी नियुक्त हुनेछन् ।

संक्रमणकालीन न्याय निरूपणमा सरकार गैरजिम्मेवार बनेको भन्दै ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ गएको फागुन २९ गते सार्वजनिक भएको थियो । फैसलाको पूर्णपाठमा १५ दिनभित्र आयोगका सचिवले नै कार्यदल बनाएर काम गर्ने बाटो फुकाउन र ३० दिनभित्र पदाधिकारी सिफारिस समिति गठन गरिसक्न परमादेश थियो । सचिवले नै कार्यदल बनाएर काम गर्ने बाटो फुकाउने परमादेश सरकारले कार्यान्वयन गरेन । सरकारले आयोगका पदाधिकारी सिफारिस गर्ने समिति भने फैसलाले तोकेको ३०औँ दिनमै गठन गरेको हो ।

गएको असारदेखि दुवै आयोग पदाधिकारीविहीन छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro