site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा सहमतीय सरकार आवश्यक : थापा  

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नु उपयुक्त हुने बताएका छन् । 

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कोसीमा मध्यावधिको अवस्था आउन नदिन अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गर्न उपयुक्त हुने बताएका हुन् । सभापति थापाले सरकार चलाउन आफूसँग जतिबेला पनि बहुमत हुनुपर्ने संसदीय मूल्य मान्यतालाई पन्छाउन नमिल्ने धारणा व्यक्त गरे । 

उनले प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाइसकेको अवस्थामा अधिवेशन फेस गर्नुको विकल्प नभएको र स्पष्ट रुपमा अल्पमतमा परेपछि मार्गप्रशस्त गरेर सरकारविहीनताको अवस्था हटाउन आग्रह गरे । "कोसी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आउन नदिन र पटक पटकको सरकार परिवर्तन रोक्न सहमतीय सरकार आवश्यक छ," उनले भने । 

मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेशमा भइरहेको राजनैतिक घटनाक्रमबारे पार्टीलाई लिखित रूपमा जानकारी समेत नगराएको उनले बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि नलिने र अल्पमतमा परेपछि राजीनामा पनि नदिने भन्ने विषयमा चाँडै नै पार्टीको बैठक र संसदीय दलको बैठक बसेर निर्णय गरिने जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro