site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाणिज्य बैंकले फागुनसम्म कमाए ४२ अर्ब, एनआईसी एसियाको नाफा बढी घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा वाणिज्य बैंकहरूले ४८ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७९/८०को फागुन मसान्तसम्मको तुलनामा चालु अर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा घटेको हो ।

गत वर्षको फागुनसम्म २१ वाणिज्य बैंकले ४८ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो वर्ष नाफा घट्नुमा अर्थतन्त्रमा आएको मन्दीका सार्थ खराब कर्जा बढ्नुलाई लिइएको छ । यसको असर आगामी दिनमा पनि पर्ने बैंकरहरू बताउँछन् ।

त्यस्तै, अहिले २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । सन्‌राइज बैंक लक्ष्मीसँग समाहित हुँदा पनि त्यसको असर अहिलेको नाफामा देखिएको छ । लक्ष्मी र सन्‌राइज बैंक मर्जरमा गएपछि अहिले लक्ष्मी सन्‌राइज बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ ।

गत फागुन मसान्तसम्म लक्ष्मी बैंकले एक अर्ब ३६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, सन्‌राइज बैंकले एक अर्ब आठ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो वर्ष मर्जरमा गएपछि यी दुई बैंक मिलेर बनेको लक्ष्मी सन्‌राइज बैंकले एक अर्ब ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

यो बैंकको मात्र हैन चालु आर्थिक वर्षमा प्राय बैंकको नाफामा प्रभाव परेको छ । गत वर्षको तुलनामा गर्दा यो वर्ष अधिकांश बैंकको नाफा घटेको छ । तर, पाँच वाणिज्य बैंकको नाफामा भने वृद्धि भएको छ ।

यो वर्षको फागुन मसान्तसम्म नाफा वृद्धि गर्नेमा कृषि विकास, प्राइम कमर्सियल, हिमालयन, सिद्धार्थ र एभरेष्ट बैंक छन् । यीमध्ये कृषि विकास बैंकले एक अर्ब ५६ करोड ५० लाख रुपैयाँले नाफा वृद्धि गरेको छ ।

फागुनसम्मको नाफा/घाटाको अवस्था रु. १० लाखमा

बैंकको नाम     २०८०    २०७९ परिवर्तन
कृषि विकास बैंक १,९७६.७६ ४११.२९ १५६५
प्राइम कमर्सियल बैंक २,८८७.८० २३९१.६७ ४९६
हिमालयन बैंक १,९४८.३६ १७८४.१२ १६४
सिद्धार्थ बैंक १,६९६.५४ १५५४.७१ १४२
एभरेस्ट बैंक २,२९३.४७ २२३४.७१ ५९
सिटिजन बैंक १,२२६.५३ १२५९.३७ -३३
सानिमा बैंक १,६६४.८२ १७८७.६८ -१२३
स्टान्डर्ड चार्टर्ड बैंक २,०८९.६७ २२६८.२५ -१७९
माछापुच्छ्रे बैंक १,१६४.८४ १४२५.९६ -२६१
राष्ट्रिय वाणिज्य बैंक २,८७७.६६ ३३६८.७५ -४९१
नबिल बैंक ४,७२४.२१ ५३२६.१२ -६०२
लक्ष्मी बैंक १,८२०.६८ २४५३.०९ -६३२
नेपाल एसबीआई बैंक १,००८.०२ १६४३.६४ -६३६
कुमारी बैंक १,४२४.६७ २०६१.५८ -६३७
एनएबी बैंक १,९२५.२८ २६००.९२ -६७६
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २,८०४.५३ ३४९१.२९ -६८७
प्रभु बैंक १,५१४.५८ २२२२.२ -७०८
नेपाल बैंक १,२८२.९५ २११५.०१ -८३२
ग्लोबल आईएमई बैंक ३,४३३.०९ ४३७२.३३ -९३९
एनआईसी एसिया बैंक २,५४२.४४ ४०५८.०१ -१५१६
कुल ४२,३०६.९२  ४८८३०.७  -६५२४

फागुन मसान्तसम्म सर्वाधिक नाफा घट्नेमा एनआईसी एसिया बैंक छ । यो बैंकको गत वर्षको फागुनसम्मको तुलनामा ६ अर्ब ५२ करोड रुपैयाँले नाफामा कमी आएको छ । फागुनसम्म एनआईसी एसियाले दुई अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको फागुनसम्म यो बैंकले चार अर्ब पाँच करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो । 

त्यस्तै, ग्लोबल आईएमई बैंकको नाफा पनि एक अर्ब ५१ करोड रुपैयाँले घटेको छ । फागुनसम्म ग्लोबल आईएमई बैंकले तीन अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरको छ । गत वर्षको फागुनसम्म यो बैंकले चार अर्ब ३७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरको थियो ।

गत वर्षको फागुनको तुलनामा नाफा घटेको भए पनि सर्वाधिक नाफा गर्नेमा नबिल पहिलो नम्बरमा छ । दोस्रोमा भने ग्लोबल आईएमई बैंक छ । नबिलले फागुन मसान्तसम्म चार अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, गत वर्षको तुलनामा नाफा ६० करोड १९ लाख रुपैयाँले घटेको छ । 

बैंकको नाम २०८० २०७९ परिवर्तन
नबिल बैंक ४,७२४.२१ ५,३२६.१२ -६०१.९१
ग्लोबल आईएमई बैंक ३,४३३.०९ ४,३७२.३३ -९३९.२३
प्राइम कमर्सियल बैंक २,८८७.८० २,३९१.६७ ४९६.१३
राष्ट्रिय वाणिज्य बैंक २,८७७.६६ ३,३६८.७५ -४९१.०९
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक २,८०४.५३ ३,४९१.२९ -६८६.७६
एनआईसी एसिया बैंक २,५४२.४४ ४,०५८.०१ -१५१५.५७
एभरेस्ट बैंक २,२९३.४७ २,२३४.७१ ५८.७६
स्टान्डर्ड चार्टर्ड बैंक २,०८९.६७ २,२६८.२५ -१७८.५८
कृषि विकास बैंक १,९७६.७६ ४११.२९ १५६५.४७
हिमालयन बैंक १,९४८.३६ १,७८४.१२ १६४.२४
एनएबी बैंक १,९२५.२८ २,६००.९२ -६७५.६४
लक्ष्मी बैंक १,८२०.६८ २,४५३.०९ -६३२.४२
सिद्धार्थ बैंक १,६९६.५४ १,५५४.७१ १४१.८४
सानिमा बैंक १,६६४.८२ १,७८७.६८ -१२२.८५
प्रभु बैंक १,५१४.५८ २,२२२.२० -७०७.६१
कुमारी बैंक १,४२४.६७ २,०६१.५८ -६३६.९१
नेपाल बैंक १,२८२.९५ २,११५.०१ -८३२.०७
सिटिजन बैंक १,२२६.५३ १,२५९.३७ -३२.८३
माछापुच्छ्रे बैंक १,१६४.८४ १,४२५.९६ -२६१.१२
नेपाल एसबीआई बैंक १,००८.०२ १,६४३.६४ -६३५.६२
कुल ४२,३०६.९२ ४८,८३०.७० -६५२३.७९

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्