काठमाडौं । राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले भ्रष्टाचारमा अख्तियार प्रमुख प्रेमकुमार राई र मुख्य सचिव बैकुण्ठ अर्यालमाथि किन छानबिन नहुने भन्दै प्रशन उठाएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद बस्नेतले कानुन सबैका लागि बराबर हुने कस्तो अभ्यास हुँदैछ भन्दै प्रश्न उठाएका हुन् ।
“देशमा धेरै भ्रष्टाचारका काण्डहरू सुनिन थालिएको छ । धेरै काण्डमा अख्तियार प्रमुख प्रेमकुमार राई र मुख्यसचिव बैकुण्ड अर्यालको नाम सुनिन थालेको छ । त्यो भुटानी शरणार्थी प्रकरणमा किन नहोस्, वाइडबडीमा किन नहोस् टेरामक्स केसमा किन नहोस्,” बस्नेतले प्रश्न गरे, “उहाँहरू छानबिनको दायरामा पर्ने कि नपर्ने, उहाँहरूमाथि छानबिन गर्नुपर्ने कि नपर्ने ? सभासमक्ष यो मेरो प्रश्न हो ।”