site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डोल्पा आगलागी– रामेछापकै नियति कसरी भोग्यो सेनाले ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । डोल्पा दुनैस्थित ठूलोभेरी नगरपालिका–३ मष्टाभवानी सामूदायिक वनको आडैमा छ–नेपाली सेनाको देवीदत्त गुल्म । 

त्यही गुल्मको पछाडिपट्टीको क्षेत्रबाट सुरु भएको आगोको झिल्का आइतबार डढेलोको रुपमा सामूदायिक वनमा फैलियो । यद्धपी आगो कसरी लाग्यो भन्ने खुलेको छैन । तर, सेनाकै ब्यारेकभित्रको फोहोर जलाउँदा वनमा आगो फैलिएको आशंका गरिएको छ । 

सामूदायिक वनमा सल्किएको डढेलो निभाउन डोल्पास्थित नेपाली सेनासहित प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो सुरु भएदेखि नै नियन्त्रणका लागि खटियो । आइतबार रातिसम्म खटिएका सुरक्षाकर्मीको टोलीले डढेलो लगभग नियन्त्रणमा लिइसकेको थियो । तर, पानीको अभाव तथा राति भएका कारण भिरालो ठाउँको एउटा रुखमा लागेको आगो भने निभाउन बाँकी रह्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो रुख आसपासको क्षेत्रमा डढेलो लागि सकेका कारण पनि अन्य ठाउँमा फैलिने अवस्था थिएन । तर, रातभर रुखमा लागेको आगोले रुख सोमबार बिहान ढाल्यो । आगो सहितको रुख धेरै तल अर्को भिरालो ठाउँमा पुगेर अडियो ।

त्यहाँ आइतबार डढेलो लागेको थिएन । तर त्यही ढलेको रुखको आगोले फेरि सोमबार वनमा डढेलो फैलियो । फेरि अघिल्लो दिनको जस्तै तीनवटै सुरक्षा निकायको टोली डढेलो निभाउन हिँड्यो । सोमबारको डढेलो निभाउन गएको सुरक्षाकर्मीमध्ये नेपाली सेनाका चार जनालाई भने आगोको लप्काले जलायो । जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ । एक जना उपचारत छन् ।

Global Ime bank

डढेलो निभाउने क्रममा आगोको लप्काले गम्भीर घाइते भएका देवीदत्त गुल्ममा कार्यरत जुम्ला घर भएकाका सिपाहीद्वय २४ वर्षीय हेमन्त रावत, २३ वर्षीय आशीष बूढा र काभ्रे घर भएका ३८ वर्षीय सेनाका जमदार केशवबहादुर गर्जा मगरले ज्यान गुमाएका हुन् ।

रावतको ज्यान सोमबार डोल्पामै गएको हो भने मगर र बूढाको ज्यान मंगलबार साँझ काठमाडौं कीर्तिपूरस्थित बर्न अस्पतालमा गएको हो ।  अर्का घाइते विजय कोइरालाको कीर्तिपूरमै उपचार भइरहेको छ । उनीहरुलाई सेनाकै हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

sena-1712740645.JPG
 

वनको आगो भिरालो क्षेत्रमा फैलिएका कारण अझै डढेलो नियन्त्रणमा आउन सकेको छैन । डोल्पा प्रहरीका प्रमुख डीएसपी हरिकृष्ण केसीका अनुसार सोमबार पनि भिरोलो ठाउँमै आगो निभाउन खोज्दा हावाले आगोको लप्का सेना खटिएको टोलीतर्फ पु¥याउदा क्षति हुन पुगेको हो ।

डीएसपी केसी भन्छन्, “डढेलो निभाउन हाम्रो टोली, सशस्त्र प्रहरी र सेना गरेर तीनवटै सुरक्षा निकायको टोली खटिएका थियौँ । तर, भिरालो ठाउँमा पुग्दा हावाले आगो सेना खटिएको टोलीतर्फ ल्यायो । चारजना भाग्न सकेनन् । ५–६ जना भागेर जोगिए ।”

सेनामा १४ वर्षअघिको घटना दोहोरियो

डढेलो निभाउने क्रममा सेनाका सुरक्षाकर्मीले ज्यान गुमाएको यो पहिलो घटना भने होइन ।  बाह्य शक्तिराष्ट्रबाट हुने हस्तक्षेप रोक्ने उद्देश्यले निर्माण गरिएको नेपाली सेना आन्तरिक विपद्मा समेत खटिँदै आएको छ ।

यसअघि २०६६ साल वैशाखमा रामेछाप अस्पताल नजिकै लागेको आगो निभाउने क्रममा १३ जना सिपाहीको ज्यान गएको थियो । त्यो बेला श्रीजंग गणमा कार्यरत सिपाहीहरु रामशरण कार्की, सन्तोष महत, इन्द्रबहादुर बम, सन्तोष सुनुवारलगायत १३ जना सैनिकले ज्यान गुमाएका थिए ।

ठीक १४ वर्षपछि नेपाली सेनाले फेरि त्यही नियति डोल्पामा भोगेको छ । जसले सेनाको विपद्मा खटिने टोलीमाथिको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ । विपद्मा खटिने सुरक्षाकर्मीले सबैभन्दा पहिला आफू जोगिएर उद्धार गर्नुपर्ने हुन्छ ।

नेपाली सेनाका पूर्वसहायक रथी प्रेम सिंह बस्न्यताले पनि डोल्पाको घटना रामेछापको जस्तै दोहोरिनु दुःखद रहेको बताए ।

“डिजास्टर म्यानेजमा सेनाको ड्रेसमा खटाउने होइन । त्यस सम्बिधित सुरक्षित हुने ड्रेस लगाउने हो । आगो निभाउन फायर फाइटिङ्ग ड्रेस नै लगाएर खटाउने हो । रामेछाप र अहिले डोल्पाको घटना एउटै हो । एउटै प्रकृतिको घटनामा सेना कसरी चुकिरहेको छ मलाई पनि दुःख लागेको छ,” बस्न्यातले भने ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उद्धारमा खटिँदा सुरक्षित रुपमा खटाउन पटक–पटक निर्देशन हुदा पनि केहीलेकाहिँ दुःखद घटना हुने र त्यसमध्येको डोल्पामा पनि त्यसै भएको बताए ।

“हामी सुरक्षित रहेर नै उद्धार गर्ने हो । तर, डोल्पामा कसरी मानवीय क्षति हुन पुग्यो । त्यो बारेमा हामी बुझिराखेका छौं । केही कमजोरी भयो कि भन्ने हामीलाई पनि छ । त्यो कुरा बुझ्दै छौँ,” प्रवक्ता भण्डारीले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय