site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले भन्यो– सत्ता गठबन्धनमा भ्वाङ पार्ने कांग्रेसको योजना हो 

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ ।  तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुन काण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताए । 

“देशको लागी एजेन्डा तथ्यका आधारमा उठाउँदा परिणामपदिन्छ भन्ने कुरा हिजो सुन काण्डमा एमालेले प्रमाणित गरेको छ,” उनले भने । 

उनले सहकारी विषय टोलटोलदेखि राष्ट्रियस्तरसम्म बहसको विषय भएको उनको भनाई थियो ।  सांसद थापाले बहस व्यक्ति केन्द्रित गर्न कांग्रेस लागि परेको बताए । उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे । 

“सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो । अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं । सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ्ग पार्न सकिन्छ कि भनेर उठाइएको छ,” उनले भने । 

उनले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने कुरा नभएको पनि जिकिर गरे ।  बोल्ने क्रममा उनले प्रधानमन्त्रीले गठबन्धनको नेताको हैसियतमा बोल्ने भन्दै के प्रतिपक्षीको नेता भएर बोलिदिनुपर्ने हो भन्ने प्रशन गरे । 

उनले गृहमन्त्रीको बचाउ गर्दै भने ,“यो व्यक्ति केन्द्रित विषय हो । समाधान खोज्नुपर्छ । यसले समाधान दिँदैन । कसैले पनि यो प्रहार खेप्नु राम्रो हैन ।”
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro