site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गछौँ : महामन्त्री थापा
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न कानुन बनाइने बताएका छन् । पशुपति मित्र मावि चाबहिलको हीरक महोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोकिछाड्ने प्रतिबद्धता जारी गरे । 

“संसद्मा कानुनै बनाएर राजनीतिक नेतृत्वले कुलपति उपकुलपति बनाउने कुरा सबै हटाउने राजनीतिक नेतृत्वलाई हटाएर प्राज्ञिक मानिसहरूलाई ल्याउने हो । केही गर्छु भनेका मान्छेहरूलाई ल्याएर बोर्ड अफ ट्रस्टी बनाएर मद्दत गर्ने हो । जहाँ पनि राजनीतिक हस्तक्षेप गर्ने काम बन्द गर्नुपर्छ,” उनले भने । 

सांसद समेत रहेका महामन्त्री थापाले आफूहरूले धेरै ठूलो गल्तीहरू गरिसकेको भन्दै सच्याउने बेला आइसकेको धारणा राखे । “अहिले उपकुलपति माओवादी पार्टीको भएको कारणले गर्दा रेक्टर एमालेलाई दिनुपर्छ रजिस्टर कांग्रेसलाई दिनुपर्छ । एउटा डिन कांग्रेसले पाउनुपर्छ एउटा एमालेले पाउनुपर्छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu