site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ गोल भएको खेलमा रियाल र साविक विजेता सिटीको रोमाञ्चक बराबरी

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् । 

मंगलबार राति सान्टियागो बर्नबेउमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा पेप ग्वार्डिओलाको टिमले दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो । पाहुना टिम सिटीले बर्नार्डो सिल्भाको गोलमा अग्रता बनाएको थियो । तर, सिटीको यो अग्रता लामो समय टिक्न सकेन । १२औँ मिनेटमा सिटीका रुवेन डियाजबाट आत्मघाति गोल उपहार पाएपछि घरेलु टिम खेलमा फर्किएको थियो । 

त्यसको दुई मिनेटपछि नै रोड्रिगोले गोल गर्दै रियाललाई २–१ को अग्रतामा राखे । पहिलो हाफमा अग्रता बनाए पनि रियालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ६६औँ मिनेटमा फिल फोडेनको गोलमा सिटी खेलमा फर्किएको थियो । त्यसको ६ मिनेटपछि जोस्को जिर्भाडियलको गोलमा सिटीले पुनः ३–२ को अग्रता बनाएको थियो । तर, ७९औँ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियाल खेलमा फर्किएको थियो । 

अब यी दुई टिमबीचको दोस्रो लेग अप्रिल १७ मा सिटीको मैदान इत्तिहाद रंगशालामा हुनेछ । यसअघि यी दुई टिमबीच इत्तिहाद रंगशालामा भएको सेमिफाइनलको दोस्रो लेगमा सिटीले रियाललाई ४–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । 

मंगलबार राति नै भएको अर्को खेलमा आर्सनल र बायर्न म्युनिखले २–२ को बराबरी खेलेका छन् । घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलका बुकायो साका र लियन्ड्रो ट्रोसार्डले गोल गर्दा बायर्नका सर्जी गिन्याब्री र ह्यारी केनले गोल फर्काए । 

यी दुईबीचको दोस्रो लेग १७ अप्रिलमा म्युनिखमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro