site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साझा यातायात सहकारीको १.१ मेगावाटको चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो चार्जिङ स्टेसनको मंगलबार उद्घाटन गरेका हुन् ।

साझा यातायातले पहिलोपटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको सुरुआत गरेको हो । चार्जिङ स्टेसनसहित मंगलबार नै ४० विद्युतीय बस पनि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

आउँदा दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागिएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । उनले ती बसमा २६ सिट रहेका र ४५ मिनेटमा ‘फुल चार्ज’ हुने बताए ।

एकपटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २०० किलोमिटरसम्म गुड्न सक्ने उनले उल्लेख गरे ।

c2-1712665349.jpg
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपालिकापछि ललितपुर महानगरको धेरै लगानी रहेको बताए । उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्री कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको उनले सुनाए । ४५ सिट क्षमताका सटलबस पुल्चोक, पाटन दरबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन लागिएको उनले बताए  ।

साझाले ०७९ साल असोज २२ गते चीनको सीएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका निम्ति सम्झौता गरेको थियो । सोहीअनुसार बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro