site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई गृहमन्त्रीको प्रस्ताव– आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गरौँ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न उनले नेपाली कांग्रेस तयार हुनुपर्ने सर्त समेत राखे ।

लामिछाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । यही मागसहित कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा लामिछानेले उजुरी पर्दैमा छानबिन गर्ने विषय संसदीय मूल्य–मान्यताभित्र नपर्ने जिकिर समेत गरे । भ्रष्टाचारमुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानबिन समिति बनाएर २०४७ सालयताका सबै काण्डहरूको छानबिन गर्न तयार हुन उनले कांग्रेससँग प्रस्ताव गरे ।

“...प्रहरीको अनुसन्धान उहाँहरू सरकारमा भएको बेला भएको होइन र ? त्यो अनुसन्धान गर्ने अधिकारीहरू त्यहीँ हुनुहुन्न होला र ? एउटै कुरा सयचोटि भन्दैमा त्यो सयवटा कुरा होइन, एउटै कुरा हो,” उनले भने, “त्यसकारण यो संसद्को गरिमा छ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौँ ।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro